
पोखरा, ८ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई तत्काल बर्खास्त गरेर अनुसन्धान अगाडि बढाउन माग गरेको छ ।
सेक्युरिटी प्रेस कमिसन प्रकरणमा अडिओ टेप सार्वजनिक भएकोले मन्त्री बाँस्कोटालाई बर्खास्त गरी अनुसन्धान गर्न नेपाली कांग्रेसले सरकारसँग माग गरेको हो ।
बुधबार लिक भएको अडियो रेकर्डमा संचारमन्त्री गोकुल बाँस्कोटाले कमिसन मागेको समाचार भाइरल भएको विषयलाई निष्पक्ष छानविन हुने वातावरण तयार गर्नको लागि मन्त्री बाँस्कोटालाई वर्खास्त गर्न नेपाली काँग्रेसले विज्ञप्तीमार्फत माग राखेको छ ।
