पोखरामा धुनी जगाउँदै (फोटो फिचर)

-


     मर्दी न्युज    
     ९ फाल्गुन २०७६ मा प्रकाशित


पोखरा, ९ फागुन । आज शिवरात्रीको रात शिव धुनी बाल्ने गरिन्छ । भगवान् शिव उत्पत्ती भएको सम्झनामा आज रातभर धुनी बाली जाग्रराम बस्ने चलन छ ।

साँझपख मन्दिरमा धुनी जगाएर भजन, कृतन गाएर मनाउँने गरिन्छ । परम्परागत संस्कृतिअनुसार मन्दिरमा धुनी जगाएर उखु पड्काउने गरिए पनि आजकाल चोक चोकमा पनि आगो बालेर उखु पड्काउँने गरिन्छ ।

यसैले काठमाडौंको प्रदूषण बढाउन गाडीहरूको उत्सर्जनसँगै आगो बाल्दा निस्कने धुवाँ पनि जिम्मेवार रहेकाले शिवरात्रिको अवसरमा सकेसम्म कम दाउरा बाल्न सरोकारवालाहरूले अनुरोध गरेका छन् ।

शिवरात्रीमा पोखराका चोक चोकमा उखु पड्काउँने, आगो बाल्ने गरिएको छ ।