
काठमाडौं १२ फागुन । सोमवार साँझ काठमाडौं कंलकीमा ब्रेक फेल भएको ट्रक अनियन्त्रित हुँदा भएको दुर्घटनामा एकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । चितवन टाँडीका शमशेर गुरुङले घटनास्थलमै ज्यान गुमाएका हुन ।
थानकोटबाट कलंकी आइरहेको मालवाहक ट्रकको ब्रेक फेल हुँदा ३ मोटरसाइकल, १ स्कुटर, २ मिनीट्रक १ स्कोर्पियो, १ ट्याक्सी र १ सरकारी गाडीलाई ठक्कर दिएको हो । प्रहरीका अनुसार घाइतेहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
कतिपय सवारी धनीले सवारी साधन घटाना स्थलमा नै छाडेर गएकाले उनीहरू उपचारका लागि अस्पताल गएको हुन सक्ने हुँदा घाइतेको संख्या बढ्न सक्ने प्रहरीले बताएका छन् । थानकोटबाट कलंकी आउँदै गरेको ना ६ ख २८७१ नम्बरको ट्रकले ९ वटा सवारीलाई ठक्कर दिएको हो ।