पोखरा, १५ फागुन । नेपालमा सबै सार्वजनिक सेवामा कार्यरत कर्मचारीहरुले अनुशासनमा रहेर काम गर्नुपर्ने कार्यक्रमका प्रमुख अतिथि माधवप्रसाद घिमिरेले बताए । पूर्व कर्मचारी परिषद् नेपालको १५ औं वार्षिक साधारणसभाको विहीवार पोखरामा उद्घाटन गर्दै घिमिरेले यस्तो बताएको हो ।
साधारणसभका अर्का विशिष्ट अतिथि भूमि, कृषि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव अच्युतप्रसाद ढकालले कार्यक्रममा आप्mना भनाई राख्न पाउँदा साह्रै गौरवान्वित भएको बताउँदै सार्वजनिक सेवाका पूर्व कर्मचारीहरुको धेरै लगानी र अनुभव रहेको बताए । पूर्व कर्मचारीहरुको योगदान र अनुभवले सेवारत कर्मचारीको लागि मार्गनिर्देशन हुने बताए ।
आज सम्पन्न १५ औं वार्षिक साधारण सभामा केन्द्रीय सदस्य रामबाबु नेपालले कार्यपत्र पेश गरेका थिए भने स्वागत मन्तव्य विष्णुप्रसाद भण्डारीले गरेका थिए ।