
फाइल तस्बिर
काठमाडौँ । प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रेस प्रकरणमा पूर्व सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाको ७० कारोड माग गर्दा हामी भनेर सम्बोधन गरेको भन्दै हामी भनेर कस–कसलाई भन्न खोजिएको हो भनि प्रश्न गर्नुभयो ।
प्रतिनिधिसभाको आजको बैठकको शुरुमा सभामुख अग्निप्रसाद सापकोटासँग समय माग गरी पूर्व प्रधानमन्त्री देउवाले पूर्व सञ्चार मन्त्री बास्कोटाको टेप प्रकरणबारे छानवीन हुनुभन्दा अगावै नक्कली टेप भनि अभिव्यक्ति आएकाले त्यसको निश्पक्ष छानविन हुन्छ की हुदैन भनि जानकारी माग गर्नुभयो ।
पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले नेपाल ट्रष्टको कार्यालयले हालै सार्वजनिक गरेको स्वेत पत्रमा राजनीतिक पूर्वाग्रहमा आफ्नो नाम जोडेको भन्दै त्यसमा आपत्ती जनाउनुभयो ।
उहाँले पेट्रोलीयम पदार्थमा प्रतिलिटर १० रुपैयाँ कर बढाएर सरकारले मुल्य बृद्धि गर्न खोजेको आरोप लगाउनुभयो ।
विश्वका ५० भन्दा बढी मुलुकमा महामारीको रुपमा देखापरेको करोना भाइरसको सन्दर्भमा नेपालले गरिरहेको पूर्व तयारी र सतकर्ताका बारेमा सदनलाई जानकारी गराउन सरकारसँग माग गर्नुभयो ।
त्यसैगरी, सांसद सरिता गिरीले सरकारले मन्त्रिपरिषदबाट पेट्रोलीयम पदार्थमा थप कर लगाउने निर्णय गरेर चोर बाटोबाट जनतामाथि थप कर थुपार्न खोजेको आरोप लगाउनुभयो ।
सभामुख सापकोटासँग समय माग गरी सांसद गिरीले बजेट वत्तव्यमा उल्लेख भए अनुसारकको राजस्वको लक्ष्य हासिल हुने नदेखिएपछि सरकारले पेट्रोलियम पदार्थमा १० रुपैयाँ कर थप गर्न लागेको भन्दै मन्त्री परिषदको सो निर्णय तत्काल फिर्ता लिन आग्रह गर्नुभयो । अनलाइन रेडियो नेपाल