प्रचण्डलाई जुत्ता प्रहार गर्ने युवक रतन तिरुवा

-


     मर्दी न्युज    
     फागुन १८ गते २०७६ मा प्रकाशित


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरेर राष्ट्रिय सभा गृहमा जुत्ता प्रहार गर्ने व्यक्ति रतन तिरुवा भएको बुझिएको छ । जुम्ला घर भएका रतन तिरुवाले भाषण चित्त नबुझेपछि जुत्ता हानेको बयान दिएका छन् ।

नेकपा नेता भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले आइतबार आयोजना गरेको प्रथम स्मृति सभाको कार्यक्रम सम्बोधन गरिसकेर सिटमा फर्किने क्रममा दर्शकदीर्घबाट उनलाई ताकेर जुत्ता प्रहार भएको र जुत्ता प्रहार भए पनि उनलाई लागेको थिएन ।

रतन तिरुवा पूर्वमाओवादी लडाकुका छोरा भएको बुझिएको छ ।