अर्थमन्त्री खतिवडाद्वारा राजीनामा

-


     मर्दी न्युज    
     फागुन २० गते २०७६ मा प्रकाशित


फाइल तस्विर

काठमाडौं, २० फागुन । अर्थमन्त्री तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएका अर्थमन्त्री डा.युवराज खतिवडाले मन्त्री पदबाट राजिनामा दिएका छन् ।

उनको राष्ट्रियसभा सदस्यको कार्यकाल आज मंगलबार मध्यरातमा सकिँदैछ । राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिन केही घण्टा मात्रै बाँकी रहँदा उनले राजीनामा दिएका हुन् ।