
काठमाडौं, २१ फागुन । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।
बुधबार अपरान्ह पत्रकार सम्मेलन गर्दै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्काले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल भएको र उनको अवस्था स्थिर रहेको जानकारी दिए ।
प्रधानमन्त्री ओलीलाई भान्जी समीक्षा संग्रौलाले आफ्नो एउटा मिर्गौला दिएकी हुन् ।
मिर्गौला दिने समीक्षाको अवस्था पनि सामान्य रहेको डा. खड्काले जानकारी दिएका छन् ।
