कोरोना प्रभावः सुनसान फेवाताल (फोटो फिचर)

-


     मर्दी न्युज    
     २४ फाल्गुन २०७६ मा प्रकाशित


mardi news

तस्विरः खेम गुरुङ

खेम गुरुङ

पोखरा । विश्वभर फैलिएको कोरोना भाइरसका कारण पर्यटकीय सहर पोखराको लेकसाइड यतिखेर सुनसान जस्तै बनेको छ । चक्रीय अन्नपूर्ण पदमार्गमा जानको लागि पनि प्रायः पोखरा आएर यहाँबाट सुरु हुन्छ । अन्नपूर्ण पदमार्ग पनि सुनसान नै छ यतिखेर ।

विगत वर्षहरुमा विदेशी पर्यटकको लर्को लाग्ने यो समयमा अहिले पर्यटक देख्नै रहर भएको छ । पर्यटनकै भरमा रहेका पर्यटन व्यवसायी र होटल व्यवसायी पर्यटन नआउँदा निराश भएका छन् । पोखराका होटलहरु प्राय खाली नै छन् । पथप्रदर्शकहरु खाली बस्नुपरेको अवस्था छ ।

लेकसाइडका डुङ्गा व्यवसायीहरु पनि खाली नै छन् । आन्तरिक पर्यटकको पनि चहलपहल छैन यतिखेर । सरकारले सचेत रहन र भीडभाड, मेला, महोत्सव, खेलकूद जस्ता कार्यक्रम नगर्न आग्रह गरेसँगै फेवातालको डुङ्गा व्यवसायीहरु पनि फुर्सदिला भएका छन् ।

एकाध पर्यटक देखिए पनि सुनसान नै जस्तो भएको छ । पर्यटन व्यवसायीहरु पनि पर्यटक आउनुभन्दा पनि रोग सर्ला कि भन्ने डरले सताएको देखिन्छ । सरकारले पनि भ्रमण वर्ष २०२० लाई रद्द गरेको अवस्था छ ।

चीनमा देखापरेको कोरोना भाइरसको तरङ्गको प्रभाव तालनगरीमा पनि परेको हो । तस्विरमा हेरौं सुनसान फेवाताल ।