पूर्व सञ्चार मन्त्री बाँस्काेटाकाे घरमा विस्फोट

-


     मर्दी न्युज    
     २८ फाल्गुन २०७६ मा प्रकाशित


काठमाडौं । भक्तपुरको लोकन्थलीस्थित पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको घरमा बम विष्फोट भएको छ । बम विष्फोटबाट घरको कम्पाउन्डमा क्षति पुगेको छ । छिमेकीका घर र एउटा भ्यानमा समेत बमले क्षति पुर्याएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, भक्तपुरका अनुसार, मनहरा फाँटस्थित बास्कोटाको निर्माणाधीन घरको कम्पाउन्डमा बुधबार बिहान ७ः४० बजे बम विष्फोट भएको हो । प्रतिबन्धित नेत्रविक्रम चन्द समूहले बाँस्कोटाको घरमा विस्फोट गराएको स्विकारोक्तिसहितको पर्चा भेटिएको प्रहरीले जानकारी दिएको छ । घटनाको अनुसन्धान भइरहेकोले थप विवरण आउन अझै बाँकी रहेको प्रहरीले बताएका छन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा कमिसन मागेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले फागुन ८ गते सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट राजीनामा दिएका थिए ।