काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौला डिस्चार्ज भएकी छन् । प्रधानमन्त्रीसँग फागन १९ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी समीक्षालाई आज अस्पतालले डिस्चार्ज गरेको हो ।
प्रधानमन्त्रीकी मिर्गौला दाता उहाँकी भान्जी समीक्षा संग्रौलालाई डिस्चार्ज दिएको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले बताए ।
मिर्गौलादाता समीक्षाले ‘लिभर आईसीयू’ मा गएर मामासमेत रहेका प्रधानमन्त्री ओलीलाई दिउँसो ३ बजे भेट गरेका थिए ।
भेटमा समीक्षाले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जिज्ञासा राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । जवाफमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थामा सुधार भइरहेको बताएका थिए ।