
तस्विरः ओखलढुंगा न्यूज
काठमाडौं । ओखलढुङ्गाको मानेभञ्ज्याङ्ग गाउँपालिकामा ४ केतुकेमा बिहीबार बिहान बोलेरो जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । त्यसमध्ये दुईजनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
विरगञ्जबाट ओखलढुङ्गाको रुम्जाटारतर्फ आउदै गरेको प्रदेश ३–०१०२२ च ३१८३ नम्बरको बोलेरो जिप सडकदेखि १ सय ५० मिटर तल खसेको हो । सख्त घाइते हुनेमा जिप चालक पर्सा जिल्लाका अनिलकुमार सहनी र सुगन्भीदेवी मुखिया छन् । दुर्घटनामा २१ वर्षीय चालक सहनीको ढाड भाचिएको सामुदायीक अस्पताल स्रोतले जनाएको छ ।
दुर्घटनामा घाईते हुनेहरुमा सिद्धिचरण नगरपालिका वडा नं. ४ रुम्जाटारका बर्ष ४० का राजन घले, वर्ष ३९ का सनम घले र वर्ष ३८ को बल बहादुर श्रेष्ठ, रामेछाप जिल्लाका वर्ष ३० का कपिल मगर, सिद्धिचरण नगरपालिका वडा नंं. १२ वस्ने वर्ष ३४ को विराज थापा रहेका छन् ।
त्यस्तै पर्सा जिल्लाका वर्ष १७ का राजकुमार सहनी, वर्ष २२ का हिरालाल मुखिया, सुगम्भीदेवीकी ३ वर्षकी छोरी अञ्जु कुमारी मुखिया र उनकै एक महिनाको छोरा आकाश कुमार मुखिया घाईते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरिक्षक मिलनसिंह बस्नेतले बताए । गाडीमा सवार पर्सा जिल्लाकै वर्ष १९ को कृष्ण चौधरी भने सकुशल रहेका छन् ।
अन्य घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक मिलन बस्नेतले बताए । उनका अनुसार दुर्घटनाको कारण खुलेको छैन ।