प्रधानमन्त्रीको स्वास्थ्य सुधार हुँदै

-


     मर्दी न्युज    
     २९ फाल्गुन २०७६ मा प्रकाशित


फाइल तस्विर

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुधार हुँदै गएको छ । गत बुधवार त्रिवि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका उनी क्रमशः स्वास्थ्य बन्दै गएका हुन् ।

अस्पतालले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखिनीय सुधार भएको र स्वास्थ्य स्थिति सामान्य रहेको बताएको हो ।

प्रधानमन्त्री ओलीको पहिलोपटक २०६४ सालमा मृगौला प्रत्यारोपण गरेको थियो । उक्त मिर्गौलाले काम गर्न छाडेपछि पुनः मृगौला प्रत्यारोपण गरिएको थियो । ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौला बुधबारै डिस्चार्ज भइसकेकी छन् ।