तीन दिनको मौसमः हावाहुरी चट्याङसहित पानी पर्ने सम्भावना

-


     मर्दी न्युज    
     ३० फाल्गुन २०७६ मा प्रकाशित


पोखरा । हाल नेपालमा पश्चिमी एवम् स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी तथा मध्य भू–भागमा सामान्यतया बदली रहेको छ भने बाँकी भू–भागमा आंशिक बदलीको रहेको छ ।

शुक्रवार बिहान जारी बुलेटिनमा देशका केहि स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउनुहुन अनुरोध छ ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
दिउँसोः देशभर सामान्य बदली रहनेछ । पश्चिमी तथा मध्य भू–भागका केही स्थानहरूमा र पूर्वी भू–भागका थोरै स्थानहरुमा मेघ–गर्जन/चट्याङ्ग तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । देशको अधिकांश उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।

रातीः देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । पश्चिमी भू–भाग लगायत मध्य का धेरै स्थानहरूमा र पूर्वी भू–भागका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपात को सम्भावना छ ।

चैत्र १ गते शनिबार
दिउँसोः देशका अधिकांश भू–भागमा सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केहि स्थानहरूमा मेघ–गर्जन/चट्याङ्ग / असिना / हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपात को सम्भावना छ ।

रातीः देशका अधिकांश भू–भागमा सामान्य बदली रहनेछ । देशका पश्चिमी भू–भागका थोरै स्थानहरुमा तथा मध्य र पूर्वका केहि स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग र असिना/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।

चैत्र २ गते आईतबार
दिउँसोः देशका अधिकांश भू–भागमा आंसिक देखि सामान्य बदली रहनेछ। देशको पश्चिमी भू–भाग लगायत मध्य र पूर्वी भू–भागका थोरै स्थानहरूमा मेघ–गर्जन/चट्याङ्ग तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

रातीः देशका पहाडी भू–भागमा आन्शिक देखी सामान्य बदली रहनेछ । देशको मध्य तथा पूर्वी पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ ।