गण्डकी प्रदेशसभाको बैठक तेस्रोपटक स्थगित

-


     मर्दी न्युज    
     ३० फाल्गुन २०७६ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेश सभाको आज शुक्रवारको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अबरुद्ध गरेको छ । उसले लगातार तीन दिनसम्म संसद बैठक अबरुद्ध गरेको हो ।

कांग्रेसले निर्वाचन पूर्वाधार विकास क्षेत्र कार्यक्रममा मुख्यमन्त्रीले एकलौटी गरेको भन्दै बैठक अवरुद्ध गर्दै आएको छ । प्रदेश सभामुख नेत्रनाथ अधिकारीले बैठक शुरु गर्नासाथ काँग्रेसका प्रदेशसभा सदस्य आआफ्नो स्थानबाट उठेका थिए । सभामुखले बस्न पटकपटक आग्रह गर्दा पनि नबसेपछि बैठक स्थगित गरिएको हो ।

शुक्रबार बिहान ११ बजेका डाकिएको बैठक कांग्रेसले अवरुद्ध गरेपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक आइतबार दिउँसो १ बजेसम्मलाई स्थगित गरेका छन् ।