ग्राहकको भेषमा उद्योगमन्त्रीको छापा

-


     मर्दी न्युज    
     चैत्र १ गते २०७६ मा प्रकाशित


पोखरा ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट ग्राहकको भेषमा बजार अनुगमनमा निस्किनुभएको छ । मन्त्री भट्टले ग्राहकको भेषमा पसल र डिपार्टमेन्टल स्टोरको छड्के अनुगमन र निरीक्षण गर्नुभएको उहाँकोे सचिवालयले बताएको छ ।

उद्योग भट्टले शुक्रबार साँझ निलो डाउन ज्याकेट, कालो पाइन्ट र स्पोर्ट जुत्ता लगाएर ग्राहकको भषमा बजार अनुगमन गर्नुभएको हो ।कोरोनाभाइरसको सन्त्रास बढेपछि व्यापारीहरुले कालो बजारी गरिहेको चौतर्फी आवाज उठेका बेला मन्त्री भट्टले बजार अनुगमन गर्नुले कालोबजारीहरु त्रसिद बनेका छन् । उहाँले पोखराका केही डिपार्टमेन्टल स्टोरमा छिरेर सामानको उपलब्धता, सामानको मूल्य, उत्पादन मिति र उपभोग्य मितिबारे ग्राहकै शैलीमा सोधपुछ गर्नुभएको थियो ।

एउटा डिपार्टमेन्टल स्टोरमा छिरेर मन्त्री भट्टले एक किलो चिनी र एक किलो नुन माग्नुभएको थियो । नुनको मूल्य सोध्दा डिमार्टमेन्टलकी सेल्सम्यान महिलाले एक प्याकेटको २५ रुपैयाँ बताएकी थिइन् ।

मन्त्री भट्टले साल्ट ट्रेडिङले तोकेको मूल्य २० रुपैयाँ हो तर पाँच रुपैयाँ बढी लिएर उपभोक्ता किन ठगेको भनेर प्रति प्रश्न गर्नुभएको थियो । जवाफमा ती महिलाले आफूले खरिद गरेर ल्याउने ठाउँबाटै यस्तै आउने गरेको बताएपछि मन्त्री भट्टले खरिद गर्ने ठाउँको फोन नम्बर माग्नुभएको थियो ।

मन्त्री भट्टको सचिवालयका अनुसार बढी मूल्य लिइएकोबारे नोट बनाएर आवश्यक कारबाही गर्न सचिव बैकुण्ठ अर्याललाई निर्देशन दिइएको छ ।
पोखराका बजारमा अनुगमन गर्दा मास्क र स्यानिटाइजरको अभाव छिटफूट भए पनि खाद्यान्नमा कुनै समस्या नरहेको पाइएको मन्त्री भट्टको सचिवालयले जनाएको छ । रेडियो नेपाल अनलाइन