सेयर बजारमा उच्च अंकको गिरावट,६ अर्ब ८ करोडको कारोबार

-


     मर्दी न्युज    
     श्रावण ११ गते २०८३ मा प्रकाशित


साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक नेप्सेमा उल्लेख्य गिरावट आएको छ। अघिल्लो कारोबार दिन सामान्य वृद्धि भएको बजार सोमबार ३३.२८ अंकले घटेर २७०१ अंकको विन्दुमा झरेको छ।

कारोबार सुरु भएपछि केही समय उकालो लागेको बजार मध्याह्नतिर २७४४ अंकसम्म पुगेको थियो। तर त्यसपछि निरन्तर दबाबमा परेको बजार अन्तिम समयसम्म घट्दो क्रममा रह्यो।

बजार घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार कुल कारोबार रकम ६ अर्ब ७ करोड रुपैयाँ पुगेको छ।

बजार परिसूचकमा आएको गिरावटसँगै लगानीकर्ताको गतिविधि भने उच्च रहेको देखिएको छ। कारोबार रकम वृद्धिले बजारमा खरिद–बिक्री गतिविधि सक्रिय रहेको संकेत गरेको छ।