पोखरा, १० चैत । बेलायतको लण्डनमा बसोबास गर्दै आएकी लमजुङ तार्कुघाटकी एक नेपाली महिलालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । सो कुराको जानकारी उनी स्वयम्ले आफ्नो फेसबुक पेजमार्फत जानकारी गराएकी हुन् ।
लमजुङ तार्कुघाटकी भगवती रानाभाटले आफूलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि गर्दै १३ दिन पुगिसकेको पनि बताएकी छिन् । उनले सबैलाई सचेत बन्न आग्रह गर्दै कोरोना संक्रमण अत्यन्तै पीडादायी हुने उल्लेख गर्दै १३ दिनसम्म पनि अत्यन्तै पीडा भइरहेको बताएकी छिन् । रानाभाटले फेसबुकमा राख्ने सोच नभएपनि अरु सबै सचेत बनुन् र यो पीडा अरुले भोग्नु नपरोस् भन्ने उद्देश्यले आफूले नै यो जानकारी शेयर गरेको बताएकी छिन् ।