चितवनको कोरोना विशेष अस्पतालमा एकजनाको मृत्यु, कोरोना पुष्टि भएको छैन

-


     मर्दी न्युज    
     चैत्र ११ गते २०७६ मा प्रकाशित


चितवन, ११ चैत । जिल्लाको भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ । उनको आज मंगलबार विहान ७ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

अस्पतालका प्रवक्ता डाक्टर भोजराज अधिकारीअनुसार उच्च ज्वरो र निमोनियाले ग्रसित वीरगन्जका ३० वर्षीय एक युवक रहेका छन् ।
“बिरामी पहिलेदेखि दीर्घरोगी थिए । उनलाई निमोनिया देखिएको थियो,” डा. अधिकारीले भने । बिरामी आइतबार राति १० बजे चितवन मेडिकल कलेजबाट रिफर भएर आएको उनले जानकारी दिए ।

उनको स्वाब सोमबार राति संकलन गरिए पनि आज मात्रै विमानमार्फत काठमाडौं पठाइएको छ ।