कोरोना संक्रमणबाट जोगिन घरमै बस्नु उपयुक्त

-


     मर्दी न्युज    
     चैत्र ११ गते २०७६ मा प्रकाशित


पोखरा, ११ चैत । कोरोना भाइरसको संक्रमण तीब्र गतिमा फैलिरहेको अवस्थामा आपसमा ‘सामाजिक दुरी’ कायम गर्न र घरभित्रै बस्न सरकारले गरेको अनुरोधलाई आम जनसमुदायले गम्भीरतापूर्वक लिनुपर्ने देखिएको छ ।

विज्ञहरूका अनुसार सरकारी अनुरोधलाई आमजनसमुदायले गम्भीर रूपमा नलिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । सरकारले सकेसम्म घरबाट ननिस्कन र सम्भव भएसम्म घरबाटै काम गर्न अनुरोध गरेकोमा विगतका आम हड्तालमा जस्तो साँझ परेपछि बाहिर निस्कने धेरै छन् । कोरोनाको सम्भावित महामारी रोक्न यो सातादेखि सातै प्रदेश र विभिन्न सहर लकडाउन गरेको छ । तर आमजनसमुदायले गम्भीर रुपमा लिएको भने देखिंदैन । सडकमा बालबालिका खेल्ने र घुमफिर गर्ने धेरै निस्केका छन् ।

सरकारले विश्व स्वास्थ्य संगठनका महानिर्देशकका भनाइअनुसार नै आमनागरिकलाई घरमै बस्न र सामाजिक द्ूरी कायम गर्न अनुरोध गरिसकेको छ । ‘घरमै बस्नु सबैभन्दा ठ्ूलो सुरक्षा हो,’ सरुवा रोग तथा रोग नियन्त्रण महाशाखाका निर्देशक वासुदेव पाण्डेले भने ‘सामाजिक द्ूरी कायम गर्नु भनेको रोग नियन्त्रणमा सहयोग पु¥याउनु हो ।’ महमारीको सम्भावित जोखिमबारे राम्रो ज्ञान र प्रचारप्रसार नभएका कारण आमजनसमुदाय बाहिर निस्केको हुन सक्ने तर्क पाण्डेको छ ।