स्याङ्जा, १२ चैत । नेपालमा कोरोना भाइरसको संक्रमण भेटिएपछि सम्भावित जोखिम न्यूनीकरणका लागि मंगलबारदेखि एक हप्ताका लागि लकडाउन गरिएको छ । यद्यपि यो लकडाउन लम्बिन सक्ने संकेत देखिएका छन् ।
सरकारले लकडाउनका बेला घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ । यसै सन्दर्भमा स्याङ्जाको वालिङ नगरपालिकाभित्र विदेशबाट फर्केकाहरुलाई नगरपालिकाको प्रत्यक्ष निगारानीमा घरमै क्वारेन्टाइनमा राखिएको मेयर दिलिपप्रताप खाँडले बताए ।
गत हप्ता कतार एयरबाट नेपाल आएकामध्ये स्याङ्जा जिल्लाको पनि रहेको बताउँदै उनले भारतलगायत तेस्रो मुलुकबाट आएकालाई घरमै सेल्फ क्वारेन्टाइनमा राखिएको मेयर खाँडले मर्दीन्यूजलाई बताए ।
मंगलवारसम्म २१ जनालाई क्वारन्टाइनमा राखिएकोमा बुधवार थप ३३ जना गरी ५४ जना रहेको उनले बताए । उनीहरुलाई नगरपालिकाले निगरानी गरिरहेको पनि उनले जानकारी दिए ।
विश्व स्वास्थ्य संगठन(डब्लूएओ) ले लकडाउनले मात्रै कोरोना भाइरसको नियन्त्रण सम्भव नहुने बताएको छ । लकडाउनका साथै सरकार र नागरिकले सतर्कता अपनाएमा मात्रै भाइरसको जोखिम न्यूनीकरण गर्न सकिने डब्लूएचओले बताएको छ ।