एजेन्सी
पोखरा, १३ चैत । बृद्धबृद्धाको लागि कोरोना भाइरस ज्यादै घातक मानिएको अवस्थामा दक्षिण कोरियामा एक ९७ वर्षीया महिला कोरोनाभाइरस संक्रमणबाट मुक्त भएको जनाइएको छ । बिहीवार ती बृद्धा निको भई आप्mनो घर फर्किएको त्यहाँका समाचार संस्था योन्हाप न्यूजले जनाएको बीबीसीले उल्लेख गरेको छ ।
क्वारेन्टाइनमा बसेर घर फर्किएका ती महिलाबारे थप जानकारी दिइएको छैन । तर यसलाई वृद्धवृद्धाको हकमा झन् घातक मानिएको कोरोनाभाइरसविरुद्धको सकारात्मक समाचार भनिएको छ ।
उनी कोरोना भाइरस (कोभिड–१९) रोगबाट निको हुने सबैभन्दा वृद्धा व्यक्ति बनेकी छन् ।
यसअघि चीनले मार्चमा १०० वर्षीय पुरुष कोरोनाभाइरसको संक्रमणबाट मुक्त भएको बताएको बीबीसीले जनाएको छ ।