एजेन्सी
पोखरा, १४ चैत्र । भारतका प्रसिद्व अन्तर्रास्ट्रिय चित्रकार तथा वास्तुकार सतीश कुमार गुजरालको हिजो बिहीबारको दिन ९४ वर्षको उमेरमा निधन भएको छ ।
उनको जन्म हाल पाकिस्तानको झेलुममा सन १९२५ मा भएको थियो । उनी भारतका पूर्व प्रधानमन्त्री इन्द्रकुमार गुजरालका सहोदर भाइ हुन् । भारतीय एक्सप्रेस अखबारलाई बताएअनुसार उनको शुरूवाती भारतका प्रसिद्व कवि फेज अहमद फेज, गालीब र गुजरालको कविताहरूबाट सुरु भएको थियो ।
भारतको कला क्षेत्रमा उनले योगदान गरे बापत भारतको दोस्रो सर्वोच्च नागरिक पद, पद्यम विभूशित पुरस्कार सन् १९९९ मा दिइएको थियो । दिल्लीमा भएको बेल्जियम दुतावास भवन र गोवा युनिभर्सिटीको भवन उनले डिजाइन गरेका हुन् । उनी भारतका प्रसिद्र चित्रकार एम एफ हूसेन, तैव मेहता, लक्ष्मण श्रेष्ठ समुहका सदस्य पनि हुन् ।