दश रुपैयाँले पेट्रोल र डिजेलको मूल्य घट्यो

-


     मर्दी न्युज    
     १९ चैत्र २०७६ मा प्रकाशित


काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेलको मूल्य घटाएको छ ।

आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाइएको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर ९६ रुपैयाँ तथा डिजेलको मूल्य ८५ रुपैयाँ पर्नेछ ।

कोरोना भाइरसको महामारीबाट अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावट आएसँगै पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

इण्डियन आयल कर्पोरेशनले प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्य सूचि पठाउने गर्दछ । सोही बमोजिम १ अप्रिल २०२० मा नयाँ मूल्यसूचि पठाएअनुसार निगम संचालक समितिको बुधबार बसेको बैठकले इन्धनको मूल्य घटाएको हो ।