कोरोना संक्रमणबाट विश्वभर मर्नेको संख्या ४७ हजार नाघ्यो, अमेरिकामा संक्रमित २ लाखभन्दा बढी

-


     मर्दी न्युज    
     चैत्र २० गते २०७६ मा प्रकाशित


एजेन्सी
पोखरा, २० चैत । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट अमेरिकामा बुधवार एकैदिन १ हजार ४९ मानिसले ज्यान गुमाएका छन् । यससँगै अमेरिकामा कोरोना संक्रमणबाट ५ हजार १०२ जनाको मृत्यु भएको छ ।

अमेरिको हिजो बुधवार मात्र २६ हजार ४७३ नयाँ संक्रमित थपिएको हो । अमेरिकामा कुल संक्रमितको संख्या २ लाख १५ हजार ३ पुगेको छ भने निको हुनेको संख्या ८ हजार ८७८ पुगेको छ ।

अमेरिकामा मर्नेको संख्या कोरोनाको उद्गमस्थल चीनको भन्दा १ हजार ७ सय ९० ले बढी हो ।

कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनमा भन्दा इटलीमा हालसम्मकै धेरै मानिसको ज्यान गएको छ । इटलीमा हालसम्म १३ हजार १५५ जना मानिसले कोरोना संक्रमणबाट ज्यान गुमाएको छ । इटलीमा १ लाख १० हजार ५७४ जना यसको संक्रमित छन् भने १६ हजार ८४७ जना निको भएर घर फर्किसकेका छन् ।

त्यस्तै स्पेनमा पनि कोरोनाबाट ९ हजार ३८७ जनाले ज्यान गुमाएको छ । स्पेनमा कोरोना संक्रमितको संख्या १ लाख ४ हजार ११८ जना पुगेको छ भने निको हुनेको संख्या २२ हजार ६४७ जना पुगेको छ ।

त्यस्तै स्पेनपछि धेरै कोरोना संक्रमणबाट धेरै नागरिक गुमाउनेमा फ्रान्स रहेको छ । फ्रान्समा पनि भाइरसको उद्गमस्थल मानिएको चीनमा भन्दा धेरै मानिसको ज्यान गएको छ । फ्रान्समा हालसम्म ४ हजार ३२ जना संक्रमणबाट मृत्यु भएको छ भने संक्रमितको संख्या ५६ हजार ९८९ पुगेको छ । १० हजार ९३५ जना निको भएर घर फर्किसकेका छन् ।

गत वर्षको डिसेम्बर अन्तिम साताबाट देखापरेको कोरोनाबाट हालसम्म विश्वभर गरी ४७ हजार १९२ मानिसको ज्यान गएको छ । ९ लाख ३५ हजार १९७ मानिसमा यसको लक्षण देखापरेको छ भने १ लाख ९३ हजार ९८९ जना निको भएर घर फर्किसकेको छ ।