
तस्विरः खेम गुरुङ
पोखरा, २० चैत । पोखरा माहानगरपालिका वडा नं. १४ स्थित चाउथेमा बुधबार राति मोटरसाइकल कुलोमा खस्दा एक जनाको मृत्यु भएको छ ।
पोखराको चाउथेस्थित खसीबजार चोक नजिकैको सडक छेउको कुलोमा ग ११ प ८२८१ नम्बरको बुलेट बाइकमा सवाररत निरज पुन मृत फेला परेको प्रहरीले जनाएको छ । पोखरा महानगरपालिका वडा नं. २६ सुन्दरीबजार बस्ने ३८ वर्षीय निरज पुन रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए ।
प्रहरीले घटनास्थलबाट शव र मोटरसाइकल निकालिसकेको डिएसपी केसीले बताए । मोटरसाइकलमा अरु सवार रहे नरहेकोबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
