
पोखरा, २६ चैत । गण्डकी प्रदेशबाट हालसम्म कोराना भाइरसको परीक्षणका लागि १८० नमूना सङ्कलन भएकामा रिपोर्ट आएका मध्ये १३० वटा नेगेटिभ देखिएको छ । परीक्षण गरेका मध्ये ४८ वटाको रिर्पोट आउन बाँकी छ । प्रदेशबाट संकलित नमूनामध्ये २ को पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले जानकारी दिए ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सबै भन्दा बढि कास्कीमा ८४ जनाको नुमना संकलन गरी परीक्षण गरेको छ । मनाङ, मुस्ताङ र नवलपुरमा अहिलेसम्म कुनै संकास्पद नभेटिए पछि नमुना संकलन गर्न नपरेको शर्माले बताए ।
अहिलेसम्म पर्वतका ३२, स्याङजाका ३० जना, बागलुङका १८ जना, लम्जुङका ११ जना, म्याग्दीका ३, गोरखा २, तनहुँमा १ जनाको स्वाब परीक्षणका गरिएको छ । पोजेटिभ देखिएका दुई जना बागलुङका रहेका छन् । उनीहरुको धौलागिरी अञ्चल अस्पतालको आइसोलेजनमा उपचार भईरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको जनाएको छ ।
यसैगरी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले सर्वसाधारणलाई कोरोना संक्रमणबारे शङ्का लागेमा घरबाटै चिकित्सकीय पराशर्म लिन सकिने बताए । उनले चिकित्सकीय परामर्श सहयोग पु¥याउने लक्ष्यका साथ सञ्चालित हेलो डाक्टर १०९२ कार्यक्रम प्रभावकारी बनिरहेको जानकारी दिए । हेलो डाक्टर कार्यक्रममा हालसम्म ४८५ जनाले चिकित्सकीय परामर्शसहितको सेवा लिएका छन् ।
