एजेन्सी । भारतमा कोरोनाभाइरसको संक्रमणबाट पहिलोपटक डाक्टरको मृत्यु भएको छ ।
६२ वर्षीय चिकित्सक सत्रुघन पञ्जवानीको मृत्यु भएको हो । उनलाई चार दिनअघि मात्र कोरोना भाइरसको संक्रमण देखिएको थियो । उनको बिहीबार मृत्यु भएको हो ।
कोरोना संक्रमितको उपचारमा खटिने क्रममा मृत्यु हुने सत्रुघन पहिलो भारतीय चिकित्सक हुन् । भारतमा यसअघि अन्य चिकित्सक पनि कोरोना संक्रमित भइसकेका छन् ।
भारतमा संक्रमितको संख्या ५ हजार ७ सय भन्दा धेरै पुगिसकेको छ । साथै १ सय ६६ को मृत्यु भइसकेको छ ।