
लन्डन । बेलायतमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट थप एक जना नेपालीको निधन भएको छ । यो सँगै बेलायतमा मात्रै कोभिड १९ कै कारण निधन हुने नेपालीको संख्या करिब दर्जन पुगेको छ ।
ज्वरो, खोकी लागेपछि घरमै आइसोलेसनमा बसेकी अन्दाजी ३९ वर्षीया घले शनिवार अचानक श्वासप्रश्वासमा गाह्रो भएपछि नर्थवीक पार्क अस्पताल भर्ना भएकी थिइन् । अस्पताल पुर्याएको करीब ४ घण्टामा घलेको निधन भएको थियो । उनलाई जाँच गरेपछि ‘कोभिड १९’ भएको पुष्टी अस्पतालले गरेको छ ।
स्वर्गीय घले श्रीमान, छोरासँग लन्डनको सडवरी टाउनमा १० बर्षदेखि बस्दै आएकी थिइन् । छोरा करीव एक वर्षमात्र उमेरको छ ।
घलेको निधनसँगै सो घरमा बस्ने परिवारसहित सवै जना ‘आइसोलेसन’ मा छन् । अरुको स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारीक स्रोतले जनाएको छ । नागरिक खबर