
पोखरा, १ वैशाख । रौतहटका एक १९ वर्षीय युवामा कोरोना पोजेटिभ देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज सोमवार गरिएको परीक्षणमा कैलालीको लम्कीचुहाकी ६५ वर्षीया महिला र रौतहटमा क्वारेन्टाइनमा बसेका युवामा संक्रमण देखिएको हो । यी दुई केश थपिएसँगै नेपालमा संक्रमितको संख्या १४ पुगेको छ ।
आइतबार मात्रै पर्साको वीरगंज महानगरपालिका–२, छपकैयास्थित मस्जिदमा शंकास्पदरूपमा रहेका रहेकाको परीक्षण गर्दा तीन जना पुरुषमा कोरोना पोजिटिभ देखिएको थियो ।
प्रवक्ता डा. विकास देवकोटोले हिजो आइबार तीनजनाको संसर्गमा रहेका व्यक्तिहरु तथा उनीहरु गएको स्थानको पहिचान गरी कन्ट्याक्ट ट्रेसिङको काम अघि बढिसकेको बताए । त्यस्तै छपकैया टोलका ५९ जनामा नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको उनले जानकारी दिए ।
नेपालमा हालसम्म सोमबारको अपडेट अनुसार ५ हजार २ सय ९१ जनाको कोरोना भाइरसको परीक्षण गरिएको छ । सोमवारसम्ममा आइसोलेसनमा देशभरी १ सय ३ जना रहेका छन् भने क्वारेन्टाइनमा ७ हजार १ सय ९१ जना रहेको देवकोटाले जानकारी दिए ।