लकडाउनमा कलाकार देवेन गुरूङ

-


     मर्दी न्युज    
     वैशाख ५ गते २०७७ मा प्रकाशित


पोखरा । विश्व महामारीको रूपमा फैलिदै गएको कोरोनाभाईरसको कारण विश्व नै अहिले लकडाउनको स्थितिमा छ । यसको प्रभावले मासिहरू घरभित्रै बस्न बाध्य छ । घर भित्र के गरेर बस्ने, दिन काट्न सबैलाई गाह्रै नै हुन्छ । तर त्यसै बसिराख्ने कुरो पनि आएन । विशेष त कलाकारहरू आआफनै धुनमा मस्त हुन्छ । जाँगर चल्दा उनीहरू भोग प्यास घाम पानी केही नभनी आफनो सिर्जनामा तल्लिन हुन्छन । अझै भन्नु पर्दा यूवा पिंढीका कलाकारहरू झनै जोसिला हुन्छ ।

कोरोनो भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको यो लकडाउनले कलाकारहरूलाई कला सिर्जना गर्न सुवर्ण अवसर पनि मिलेको छ । त्यसैले धेरै कलाकारहरू घर भित्रै कला सिर्जना गर्न व्यस्त छन । त्यस्तै एक जना युवा कलाकार जो चुपचाप निरन्तर यो समय कोठाभित्रै तल्लिन छन् । तल्लिन हुनेमा युवा कलाकार हुन् देवेन गुरूङ ।

भर्खर उमेरले छब्बिस टेकेका युवा कलाकार गुरूङ कलामा मृगतृष्ण जस्तै छ । भोग, प्यास दिनरात केहि नभिन उनी कलामा व्यस्त छन् । उनको कला प्रतिको दृष्टि अलि फरक विषय छ । उनको कलाहरू हेर्दा लाग्छ उनी भिन्न विषयमा कला सिर्जना गर्न रूचाउँछन । नेपालको ऐतिहासिक सम्पदाहरू मठ, मन्दिर जस्तै स्वयम्भू, चैत्य, टुँडाल आदि उनको पेन्टिङका विषयहरू हुन ।

उनी कलामा भने स्वअध्यन हुन भने औपचारिक शिक्षा कालिका बहुमुखि क्याम्पस पोखरामा बिबिएस अध्यनरत छन । उनी स्थानीय कला भ्रमण पनि गर्छन । उनी मनाङ्गको तिलिचो तालसम्म पुगेर कला सिर्जना गरेका छन । उनी नेपालमा हुने स्थानीयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कला प्रदशर्नीमा आप्mनो कलाकारिता प्रदर्शन गरिसकेका छन् भने विभिन्न कलाकार्यशालाहरूमा सहभागिता जनाइसकेका छन । विदेशमा पोल्याण्ड, बङ्गलादेश र ईण्डियामा सामुहिक अन्तर्राष्ट्रिय कला प्रदशर्नीमा उनको पेन्टिङ्ग प्रदर्शित भैसकेको छ ।

नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा आयोजित ‘विकास र शान्तिको लागि खेल’ शीर्षक अन्तर्गत सान्त्वना पुरस्कार र नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कला प्रदर्शनीमा आधुनिक कला अन्तर्गत २०१७ मा विशेष पुरस्कार प्राप्त गरिसकेको छ ।


उनी पोखराका विभिन्न स्कुलहरू जस्तै बेशलाईन ईङ्गलिश स्कुल कुण्डहर, शान्ति द्विप ईङ्गलिश स्कुल मझेरी पाटन, पोखरा किन्डरगार्डेन मन्टेश्वरी सिद्वार्थ चोक र चिल्ड्रेन एकेडेमी बाझापाटन पोखरामा कला शिक्षण पनि गर्छन । यो लकडाउनको समयलाई उनले कोठाभित्रै पेन्टिङ्ग गरेर समयको सदुपयोग गरिरहेका छन् ।