कोरोना जितेर घर फर्किँदै बागलुङकी ६५ वर्षीया महिला

-


     मर्दी न्युज    
     ६ बैशाख २०७७ मा प्रकाशित


पोखरा, ६ वैशाख । धौलागिरी अञ्चल अस्पतालको आईसोलेसनमा उपचाररत बागलुङकी ६५ वर्षीय बृद्धाको चौथोपटक गरिएको थ्रोट स्वाब परीक्षणको नतिजा नेगेटिभ आएको छ ।

ती महिलाको पहिलो र दोस्रो स्वाब पोजिटिभ आए पनि तेस्रो र चौथो स्वाब भने नेगेटिभ आएको हाे । चैत ४ गते बेल्जियमबाट कतार हुँदै बागलुङ आएकी महिलालाई चैत १७ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

उनी नेपालकै छैटौं कोरोना संक्रमित महिला हुन् । बेल्जियमबाट कतारहुँदै नेपाल आएकी उनमा गत चैत २० गते कोरोना संक्रमण रहेको पुष्टि भएको थियो ।

उनलाई अब अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरेको छ । ती महिलालाई आइतबार डिस्चार्ज गरिने गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

दम र प्रेसरको समस्या भए पनि ६५ वर्षीया महिलाले उच्च मनोबलका कारण कोरोनालाई सजिलै जितेर घर फर्कन लागेको निर्देशक डा. शर्माले बताए ।