पोखरा, १० वैशाख । नेपालमा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार ब्रिफिङमार्फत उक्त जानकारी गराएका हुन् ।
मन्त्रालयका अनुसार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा तीनजनामा कोरोना पोजिटिभ देखिएको हो । प्रवक्ता डा. देवकोटाकाअनुसार २४, ६० र ७२ वर्षका पुरुषमा संक्रमण देखिएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । उनीहरु मध्ये ७ जना निको भइ घर फर्किसकेका छन् ।