
पोखरा । आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । आमाभन्दा पुजनीय संसारमा अरू कोही छैनन् । यस्ता आमाको गुणको बखान शब्दद्वारा गरेर सकिँदैन । आमाकै त्याग, तपस्या एवं बलिदानबाट नै सृष्टिले निरन्तरता पाएको छ । आमाविना सृष्टि सम्भव नहुने भएकाले सन्तानले आमाप्रति सधैं आभारी हुनुपर्छ । आमाको उपकार अर्थात् मातृऋण कसैगरे पनि तिर्न सकिँदैन तथापि आमाप्रति हार्दिक श्रद्धा प्रकट गरेर केही मात्रामा भए पनि मातृऋणको बोझ हलुका गर्न सकिन्छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाका कारण यतिखेर देश लकडाउनको आज ३१ औं दिनमा आइपुगेको छ । लकडाउनका बेला आमासम्बन्धी युट्युबमा हेर्न र सुन्न सकिने आमासम्बन्धी थुप्रै गीतहरु छन् । त्यसमा हामीले आमासम्बन्धी केही गीतहरु छनौट गरेका छौं र यो सुनेर आमाप्रति सम्मान र कृतज्ञता व्यक्त गरौं । यी गीतहरु हेरेर लकडाउनका समय काट्ने राम्रो बहान पनि हुन सक्छ ।
१. गायक शिशिर योगीको स्वरमा रहेको ‘आमा’ बोलको गीत
https://youtu.be/Or5Nl18QqAE२. सुशान्त केसीको गीत– आमा
३. बुद्ध लामाको स्वरमा रहेको ‘मेरी आमा’
४. सम्राट चौलागाईं र समीक्षा अधिकारीको स्वरमा रहेको– आमा
५. विरही कार्कीको स्वरमा रहेको – ‘आमा’