आज ‘जेन्जी’ शहीद दिवस, देशभरि सार्वजनिक बिदा

-


     मर्दी न्युज    
     भाद्र २३ गते २०८३ मा प्रकाशित


‘जेन्जी’ आन्दोलनका शहीदहरूको सम्झनामा सरकारले आज देशभरि सार्वजनिक बिदा दिएको छ। २०८२ भदौ २३ गतेको ‘जेन्जी’ आन्दोलनले राजनीतिक उथलपुथल भएको थियो ।

१८ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले ‘जेन्जी’ आन्दोलन भएको २३ भदौको दिनलाई ‘‘जेन्जी’ शहीद दिवस’ घोषणा गर्दै आज देशभरि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । ‘जेन्जी’ आन्दोलनको आज एक वर्ष पूरा भएको छ ।

आन्दोलनमार्फत तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो ।