
पोखरा, ११ वैशाख । नेपालमा थप २ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार ब्रिफिङमार्फत उक्त जानकारी गराएका हुन् ।
मन्त्रालयका अनुसार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा २ जनामा कोरोना पोजिटिभ देखिएको हो । संक्रमित हुनेमा उदयपुरका ५५ वर्षीय महिला र जनकपुरका १४ वर्षीय किशोर रहेको प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ ।