नवनियुक्त राजदूत पाण्डेद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

-


     मर्दी न्युज    
     वैशाख १४ गते २०७७ मा प्रकाशित


पोखरा, १४ वैशाख । चीनका लागि नवनियुक्त राजदूत महेन्द्रबहादुर पाण्डेद्वारा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको शपथग्रहण लिएको छ ।

राष्ट्रपति कार्यालय शितल निवासमा आइतबार भएको शपथग्रहण कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको हो ।