भारतमा एकैदिन तीन हजार ९ सय बढी संक्रमित

-


     मर्दी न्युज    
     २३ बैशाख २०७७ मा प्रकाशित


पोखरा । भारतमा कडा लकडाउनका बावजुद पनि कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढ्दैछ ।

पछिल्लो २४ घण्टाको अवधिमा मात्रै देशभर ३ हजार ९ सय भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । यो संख्या हालसम्मकै उच्च हो । भारतको पश्चिम बंगालमा मंगलवार मात्र थप ८५ जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।

हालसम्म भारतमा संक्रमितको संख्या ४६ हजार ७११ पुगेको छ । पछिल्लो २४ घण्टामा १९५ जनाको मृत्यु भएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पुष्टि गरेको छ ।

देशभर मृत्यु हुनेको संख्या १ हजार ५ सय ८३ पुगेकाे छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म १२ हजार ७२६ जनामा कोरोना भाइरसको संक्रमण निको भएको छ ।

संक्रमण फैलिन नदिनका लागि भारतमा मे १७ सम्मका लागि लकडाउन लागु गरिएको छ ।