मन्त्रिपरिषद् बैठक बस्दै

-


     मर्दी न्युज    
     २४ बैशाख २०७७ मा प्रकाशित


काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (बुधबार) बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजे बैठक बस्न लागेको हो ।

यसअघि कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन जारी राख्न सरकारलाई सुझाव दिएको थियो । समितिको सुझावअनुसार कम्तिमा एक साता लकडाउन थपिने मन्त्रिपरिषद स्रोतले बतायो ।

नेपालमा दुई जना कोरोना संक्रमित फेला परेपछि कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको छ । लकडाउनको समयअवधि भोलि वैशाख २५ गतेसम्म छ ।