पोखरा । भारतले नेपाली भूमिभित्र नयाँ बाटो बनाएको विषयमा प्रतिनिधि सभामा छलफल सुरू भएको छ । प्रतिनिधि सभाको आइतबारको बैठकमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले यसबारे सरकारको धारणा राखेका छन ।
आइतबारको प्रतिनिधि सभा बैठकमा भारतले नेपाली भूमि मिचेर एकतर्फी रुपमा सडक बनाएको घटनाप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको संसदमा बताएका छन् ।
मन्त्री ज्ञवालीले सरकारले भारतीय पक्षलाई कुटनीतिक नोट पठाएको जानकारी दिएको बताउँदै शनिवार परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति पढेर सुनाए ।
‘यस विषयमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । नेपालले यो समस्याको कूटनीतिक समाधान चाहेको छ,’ ज्ञवालीले भने,‘राष्ट्रिय हितलाई सर्वोपरी राखेर असल छिमेकीको सम्बन्धलाई कायम राख्दै समाधान खोजिनेछ ।’