दोलोखाको जुगु केन्द्रविन्दु बनाएर ५.३ म्याग्नेच्युटको भूकम्प गयो

-


     मर्दी न्युज    
     वैशाख ३१ गते २०७७ मा प्रकाशित


पोखरा, ३१ वैशाख । दोलखाको जुगु केन्द्रविन्दु भई ५.३ म्याग्नेच्युटको भूकम्प गएको छ । भूकम्पको धक्का आसपासको जिल्लामा समेत महसुस गरिएको थियो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दोलखाको जुगु केन्द्रविन्दु भई भूकम्प गएको बताएको छ । भूकम्प मापन तथा अनुसन्धान केन्द्रले राती ११ बजेर ५३ मिनेटमा भूकम्प गएको जानकारी दिएको छ । भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी नै छ ।