पोखरा । नेपालगञ्जकाे थप एक जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय १८ पुगेको छ ।
धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँके नेपालगञ्जका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।
नेपालमा हिजो मंगलवार मात्र विभिन्न जिल्लाका गरी ८३ जनामा कोरोना संक्रमितको पुष्टि भएको थियो ।