नेपालमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ सय ४९ पुग्याे

-


     मर्दी न्युज    
     १ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा । नेपालमा थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौं दहचोक निवासी ७ वर्षको बालक, जनकपुर धनुषाका १७ वर्षीय युवती र धादिङका ३० वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ ।

पछिल्लो समय सरकारले परीक्षणको दायरा बढाएसँगै संक्रमितको संख्या बढ्दो छ ।