![](https://i0.wp.com/mardinews.com/wp-content/uploads/2020/05/president-1552020124507-1000x0-1.jpg?fit=1000%2C519&ssl=1)
काठमाडौं । राष्ट्रपति विद्यादवी भण्डारीले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नेपालको नक्सा जारी गरिने बताएकी छन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएको र यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गर्ने उल्लेख छ । उनले भनिन्, ‘तदनुरुप नै छुटेको भूमि समेत समापेश गरी नेपालको नक्सा जारी गरिनेछ ।’
भारतसँग विगत लामो समयदेखि सीमा विवाद रहे पनि दार्चुलाको कालापानी क्षेत्र नेपालको भएकाले नेपालको नक्सामा उक्त भूमि राखिने सरकारको नीति तथा कार्यक्रम मार्फत संसदबाट घोषणा भएको हो ।
भारतले पछिल्लो समय लिपुलेकमा सडक निर्माण गरेकोले यसको नेपालमा व्यापक विरोध भइरहेको छ ।
नीति-तथा-कार्यक्रम-२०७७-७८ को पूर्णपाठ