थप ६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २७३ पुग्यो

-


     मर्दी न्युज    
     ३ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा, ३ जेठ । नेपालमा शनिवार थप ६ जनामा कोरोना भाइरसको पुष्टि भएसँगै संक्रमित हुनेको संख्या २७३ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

शनिबार संक्रमण पुष्टि भएकाहरुमा बर्दिया, नार्खु–११ निवासी २८ वर्षीया महिला, सिरहा सखुवा–१९ निवासी ३० वर्षीय पुरुष, पर्सा वीरगन्‍ज–१२ निवासी २८ र २९ वर्षीय पुरुष, सर्लाही रामनगर–४ निवासी १८ वर्षीया महिला र चितवन गढौली–१ निवासी २५ वर्षीया महिला रहेको मन्त्रालयले जनाएको छ ।



Tags: