पोखरा, ४ जेठ । रौतहटमा थप १० जनामा कोरोना संक्रमण देखिएको छ ।
रौतहट फरहदवा–९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षका पुरुष र रौतहट इशनाथ नगरपालिका ३ र ५ निवासी २८, ३० र ३३ वर्षीय पुरुषलाई कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जनाएका छन् ।
सहप्रवक्ता अधिकारीकाअनुसार कोरोना संक्रमितको संख्या नेपालमा २९१ जना पुगेको छ भने एकजनाको मृत्यु भएको छ । ३६ जना उपचारपछि निको भएर घरफर्किसकेका छन् ।