काठमाडौं । नेपाली युवक दिवेश पोखरेल (आर्थर गन) अमेरिकन आइडलको उत्कृष्ट ५ मा पुग्न सफल भएका छन् । फाइनलमा प्रवेश गरेसँगै भोटिङ खुला गरिएको छ ।
फाइनलमा हरेक प्रतियोगीले दुई–दुई वटा गीत गाउँछन् । दुई घण्टाका बीच धेरै भोट पाउने प्रतियोगी अमेरिकन आइडलको १८ औं संस्करणको विजेता घोषणा हुनेछन् । कोभिड–१९ का कारण हरेक प्रतियोगीलाई घरबाटै गाउने व्यवस्था मिलाइएको छ ।
टप ७ मा पुगेकामध्ये दिवेशसहित ४ जना विदेशी मूलका थिए । दिवेशसँगै डिल्लोन जेम्स, जस्ट साम, जोन्नी वेस्ट, फ्रान्सिस्को मार्टिन टप ५ मा पुगेका छन् ।
दुई नेपाली एल्बम निकालेका दिवेश सन् २०१४ मा अमेरिका पुगेका थिए । उनी क्याम्सस राज्यको विचिटामा आफ्नो परिवारसँग बस्छन् ।