अमेरिका । विश्व चर्चित गायन रियालिटी शो अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेल ‘आर्थर गन’ उपविजेता बनेका छन् । उनले सोमबार बिहान भएको १८औँ संस्करणको फाइनल प्रस्तुतिपछि भएको भोटिङमा दोस्रो स्थान हासिल गरेका हुन् ।
आर्थर गनको नामबाट सहभागी बनेका दिवेशलाई लाइबेरियन मूलकी गायिका जस्ट सामले पछि पारेकी हुन । पाँच जनामा भएको फाइनल प्रतिस्पर्धापछि उत्कृष्ट दुई जना छनोट गरिएको थियो ।
नेपालीले कलाकारले हासिल गरेको यो ऐतिहासिक उपब्धि हो । गत फागुनको पहिलो हप्ता भएको अमेरिकन आइडलमा अडिसनबाट छनोटसँगै दिवेशको चर्चा एकाएक चुलिएको थियो । दुई नेपाली एल्बम निकालेका दिवेश सन् २०१४ मा उच्च शिक्षाका लागि अमेरिका पुगेका थिए ।