एक वर्षीय बालकसहित दैलेखमा ८ कोरोना संक्रमित थपिए

-


     मर्दी न्युज    
     १५ जेष्ठ २०७७ मा प्रकाशित


सुर्खेत : बिहीबार कर्णाली प्रदेशमा ८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कर्णालीमा कोराना संक्रमितको संख्या ४६ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणबाट बिहीबार दैलेखका ८ जनामा कोरोना पुष्टि भएको हो ।

नारायण नगरपालिकाका वडा नं १, ३, ५ र ६ का ६ जना पुरुष, १ महिला र १ बर्षिय बालकमा कोरोना पोजिटिभ देखिएको हो । 

यसअघि दैलेखको आठबीसकोटमा एकजना, ढुङ्गेश्वर नगरपालिकामा ३ जना र नारायण नगरपालिका र गुराँस गाउँपालिकामा २/२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेो छ ।

दैलेखमा भेटिएका नयाँ संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या ९९० पुगेको छ ।



Tags: