डब्ल्यूएचओसँग सम्बन्ध तोडेको ट्रम्पको घोषणा

-


     मर्दी न्युज    
     जेठ १७ गते २०७७ मा प्रकाशित


एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् । शुक्रवार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमार्फत राष्ट्रपति ट्रम्पले सबैखाले सम्बन्ध तोडेको घोषणा गरेको बीबीसीले जनाएको छ ।

यसअघि कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए ।

पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं । तर ऊ असफल भयो । आजबाट हामीले विश्व स्वास्थ्य संगठनसँगको नाता तोड्दैछौं ।’

डब्ल्यूएचओलाई अमेरिकाले दिँदै आएको आर्थिक सहयोग अब विश्व पब्लिक हेल्थमा लगाउने पनि ट्रम्पले बताए ।

अमेरिका डब्ल्यूएचओको सबैभन्दा ठूलो दाता हो । अमेरिकाले विश्व स्वास्थ्य संगठनको १५ प्रतिशत बजेट बराबरको आर्थिक सहायता उपलब्ध गराउने गरेको थियो ।

चीनबाट सुरु भएको कोरोना भाइरस संक्रमण विश्वभर फैलिनु र जनधनको ठूलो क्षति हुनुमा डब्ल्यूएचओ नै जिम्मेवार रहेको आरोप ट्रम्पको छ । डब्ल्यूएचओले चीनको पक्षपोषण गरेको आरोप ट्रम्पले शुक्रबार पनि दोहो¥याए थिए ।